वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : वडा अध्यक्ष गुरूङ
२९ असाेज, काठमाडाैँ । विं. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा भएको पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ ९राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा० छ ।
महानगरपालिकाको केन्द्र साबिक पोखरा उप(महानगरपालिका कार्यालय नै रहनेछ । पोखरा महानगरपालिका, पोखरा उप(महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी ९३,९ ०, कास्कीकोट माझठाना ९ १,४,९ ० कालिका ९ १,५ ० र पुरन्चौर गा. बि.स. मिली कुल ३३ वटा वडामा विभाजित छ ।
पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ ।
गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरूङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पोखरा महानगरपालिका वडा नं. २७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पुर्ण कुमार गुरूङ ।
वडा अध्यक्ष गुरूङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
पोखरा महानगरपालिका वडा नं. २७ मा पालिकाबाट जम्मा बजेट महानगरस्तरीय र वडास्तरीय गरेर ४ कराेड ५० लाख र प्रदेशबाट १ कराेड बजेठ विनियाेजन गरिएकाे वडा अध्यक्ष पुर्ण कुमार गुरूङले जानकारी दिनुभयाे ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयोे ।
वडा अध्यक्ष गुरूङले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ । “
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ । “
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।
साथै वडा नम्बर २७ मा पार्क निमार्ण गर्नकाे काम सुरू गर्ने याेजनामा रहेकाे उहाँकाे भनाइ छ ।
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको र युवाहरूलाइ लक्षित गर्दै विभिन्न वडा स्तरीय खेलकुदकाे लागि वडाबाट वजेट विनियाेजन गरेकाे वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
वडा अध्यक्ष पुर्ण कुमार गुरूङले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर २७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।