Share Icon

♦ध्रुब कार्की

१८ फागुन, काठमाडाैँ । नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३⁄११⁄२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो ।

पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स. हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा ३,४,९ समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो ।

पञ्चकन्या गाउँपालिका स्थित ५ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा माधव प्रसाद सिटौला निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ माधव प्रसाद सिटौला, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष सिटौलाले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधा तथा पञ्जीकरणका कामहरु कानुनी प्रणाली मार्फत प्रदान गर्दै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष सिटौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा र सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष सिटौलाले बताउनुभयो ।

वडा अध्यक्ष सिटौलाले भन्नुभयो, “हामीले शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका साथै, सबै विद्यालयलाई समेटेर शिक्षक तथा सरोकारवालाहरु सँग बसेर छलफल गरिरहेका छौँ ।”

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल गर्ने र कालोपत्रे गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष सिटौलाले भन्नुभयो, “वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौ । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्वर ५ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव मेरो कार्यकालमा अझै धरै सुधार र परिर्वतन ल्याउने मेरो इच्छा रहेको छ । म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो यसमा म लागी परेको छु ।”

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष सिटौलाले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि राजनितीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

कृषी, खानेपानी लगायतका समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुख दुःखमा साथ र सर्मथन सदैव रहेन वडा अध्यक्ष सिटौलाले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon