Share Icon

२५ फागुन ,काठमाडाैं ।  लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी बुधवार मनाइएको छ ।

सुर्यगढी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सम्वनय ,ग्लोबल फेमली केयर नेपालको र वडा नम्बर १ वडा कार्यालय, मंगला देबि सक्रिय महिला दिदी बहिनी समूह र मिहिनेती दिदी बहिनी महिला समुहद्वारा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन्।

हिजो सुर्यगढी गाउँपालिका उपाध्यक्ष मन्जु ढकाल बुढाथोकीले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

वडा नम्बर १ का वडा अध्यक्ष राज कुमार तामाङ रन्जितको अध्यक्षतामा प्रमुख अतिथी सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मन्जु ढकाल बुढाथोकी , बिशेष अतिथि रामेस्वर खनाल लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

बृहत र्यालि तथा सास्कृतिक कार्यक्रम , विभिन्न मनोरञ्जनात्मक खेलहरू साथै नित्य ,गजल ,कविता प्रस्तुति लगायतको कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बिजेता हुने महिलाहरूलाई आकर्षक उपहार समेत प्रदान गरिएको साथै कार्यक्रम भब्य रूपमा सम्पन्न गरिएको वडा नम्बर १ का वडा अध्यक्ष राज कुमार तामाङ रन्जितले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राज कुमार तामाङ रन्जितले बोल्दै भन्नुभयो, ‘महिलाहरूको हक अधिकारको लागि आफूहरू सधै लागि रहने छु ।

कार्यक्रम अबधि भर धैर्य गरि बस्नु हुने र बिशेष गरि कार्यक्रमलाई सहयोग गरिदिनु हुने कार्यक्रम संचालक (स् इस्वरी सेन्चुरी (ग्लोबल फेमिली केयर नेपाल सस्थाका अधिकृत) लगायत सम्पुर्ण मा आयोजक परिवारको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।’

 

 

 

 

 

Facebook Comments Box

Share Icon