वडामा लाेकप्रिय बन्दै ‘जनश्रमदान’
२३ चैत्र, काठमाडौ । बागमती प्रदेशको सुर्यगढी गाउँपालिका वडा नम्बर १ को अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राज कुमार तामाङ। विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँ निरन्तर लागिरहनु भएको छ । यसअघिको कार्यकालमा भएको विकास निर्माणका बाँकी कार्यहरूलाई पनि वडा अध्यक्ष तामाङले निरन्तरता दिइरहनु भएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा अगाडि बढाइएको वडा अध्यक्ष तामाङले बताउनु भयो । वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको ११ महिनामा वडाभित्र…
