Share Icon

२३ चैत्र, काठमाडौ ।   बागमती प्रदेशको सुर्यगढी गाउँपालिका वडा नम्बर १ को अहिले विकासले मुहार फेरिएको छ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राज कुमार तामाङ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँ निरन्तर लागिरहनु भएको छ । यसअघिको कार्यकालमा भएको विकास निर्माणका बाँकी कार्यहरूलाई पनि वडा अध्यक्ष तामाङले निरन्तरता दिइरहनु भएको छ ।

पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा अगाडि बढाइएको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको ११ महिनामा वडाभित्र शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष तामाङले वडामा दीगो विकासका लागि योगदानमा आधारित श्रमदान कार्यक्रम सुरु गरिएको छ । वडा नम्बर १ लच्याङमा सामुदायिक सांस्कृतिक भवनको ग्राउन्ड निर्माणका लागि बुधबारदेखि जनश्रमदान कार्यक्रम सुरु गरिएको हो ।

गाउँपालिकाका ५ वटा वडामध्ये स्थानीयलाई श्रमदान गराउने वडा नम्बर १ मात्र रहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

वडा नम्बर १ ले स्थानीय समुदायलाई सहभागी गराएर विकास निर्माणका कामहरुलाई निरन्तरता दिइरहेको छ । जनप्रतिनिधि र जनताको सम्बन्ध नङ र मासुको जस्तै बनाउन उपभोक्ता समिति, टोल सुधार समिति जनप्रतिनिधि तथा स्थानीयबासी सँगसँगै काम गर्ने वतावरण बनाइएको वडा अध्यक्ष तामाङले बताउनुभयो।

वडा अध्यक्ष तामाङ, वडा सदस्य रबिन्द्र तामाङ, वडा सचिव दिनेश श्रेष्ठ र स्थानीय उपभोक्ताको सहभागितामा तामाङ सामुदायिक सांस्कृतिक भवनको ग्राउन्ड निर्माणमा जनश्रमदान सुरु गरिएको हो।

गाउँपालिकाको प्रत्येक विकास निर्माणका योजनामा २० देखि ३० प्रतिशतसम्म स्थानीयले श्रमदान गरिरहेका छन् ।
त्यही नीतिलाई कार्यान्वयनमा ल्याउन र जनप्रतिनिधिलाई श्रम र भावनाले जनतासँगै सहकार्य गराउन श्रमदानको नीतिलाई अगाडि बडाइउको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

निर्वाचित भएपछि मतदाताको भावना नबुझ्ने र साथमा नरहने प्रवृत्ति झाँगिंदै गएकोले जनप्रतिनिधि तथा स्थानीयबासीबीच सदैब पारिवारिक सम्बन्ध बनाउन पनि श्रमदान कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने वडा अध्यक्ष तामाङले बताउनुभयो।

श्रमदान नीतिले श्रम गर्नेलाई सम्मान गर्न सिकाउने भएकोले यसले योजनामा हुने भ्रष्टाचार पनि नियन्त्रण उहाँको दाबी छ।

वडा अध्यक्ष तामाङका अनुसार वडामा जनप्रतिनिधिले योजना बनाउने कार्यसँगै श्रमदान गर्दा सीमित बजेटको बचत साथै अन्य वडाका अति आवश्यक योजनामा सहयोग हुने हुदाँ वडाको तीब्र गतिमा बजेटको कारणले सहज र सजिलो विकासका योजना हुने भएकाले श्रमदान सुरु गरिएको छ ।

गाउँ, टोल विकासमा स्थानीय समुदाय आफैँ सक्रिय भए धेरै काम गर्न सकिने वडा अध्यक्ष तामाङले बताउनुभयो। विकासका लागि अरुको मुख ताक्ने भन्दापनि जनप्रतिनिधिसहित काम सुरु गर्दा विकासले फड्को मार्ने उहाँको भनाइ छ ।

यस्तो प्रवृत्तिले काम गुणस्तरीय हुने र योजनामा स्थानीयको अपनत्व हुने भएकाले श्रमदानको नीति ल्याइएको वडा अध्यक्ष अध्यक्ष तामाङले बताउनुभयो ।

लच्याङ सामुदायिक सांस्कृतिक भावनको ग्राउन्ड निर्माणमा संघ तथा प्रदेशबाट ५० लाखको सहयोग गर्न प्रतिबद्धता गरेकाे छ । वडा अध्यक्ष अध्यक्ष तामाङले भन्नुभयो, ‘पुर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सासंद हित बहादुर तामाङ तथा प्रदेश सभा सदस्य राधिका तामाङले लच्याङ सामुदायिक सांस्कृतिक भवनको लागि २०८०र८१ सालमा बजेट विनियोजन गर्न प्रतिबद्धता जनाउनुभएका छ सोही कारणले पनि होला श्रमदानमा उत्साह जनक सहभागीता स्थानीयबासीको रहेको छ।’

श्रमदान गर्दै स्थानिय

 

 

 

 

Facebook Comments Box

Share Icon