लक्षित वर्गहरूलाई समेटेर याेजनाहरू ल्याएका छाैँ : वडा अध्यक्ष गुरूङ
२४ असाेज, काठमाडाैँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हाे ।
साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ ।
यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।
गण्डकी प्रदेश तनहु जिल्लामा अवस्थित भानु नगरपालिका वडा नंं. ३ का वडा अध्यक्ष तुल कुमार गुरूङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
भानु नगरपालिका वडा नं.३ मा पालिकाबाट जम्मा बजेट ६० लाख र संघबाट २० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष तुल कुमार गुरूङले जानकारी दिनुभयो ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तुल कुमार गुरूङ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयोे ।
वडा अध्यक्ष गुरूङले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र नालिबाटाे बनाउने काम भइरहेको छ ।”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेको छौँ ।”
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र स्वास्थ्यकाे भवनकाे निमार्ण गर्ने काम भइरहेकाे वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।
साथै जेष्ठ नागरिक तथा अपांगहरूलाई सम्मान कार्यक्रम राखेकाे वडा अध्यक्ष गुरूङले प्रष्ट पार्नुभयाे ।
वडा अध्यक्ष तुल कुमार गरूङले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







