Share Icon

२४ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो ।

वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ ।

यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिकासम्म फैलिएको छ ।

फक्ताङलुङ गाउँपालिका-६ का वडा अध्यक्ष पेमा टासी शेर्पाले सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । शिक्षकलाई बस्नकाे लागि शिक्षक आवास गृह पनि बनाइएकाे बताउँदै उहाँले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ संचालन भइरहेकाे पनि जानकारी गराउनुभयाे।

भूगाेलकाे हिसाबले पनि साेही वडा ताप्लेजुङ जिल्लाकै ठूलाे रहेकाे उहाँकाे भनाइ छ। विश्वकै तेस्राे तथा नेपालकाे दाेस्राे  ८ हजार ५ सय ८६ मिटर अग्लाे कञ्चनजंगा हिमाल र  ७ हजार ७ सय १० मिटर अग्लाे कुम्भकर्ण हिमाल यसै वडामा पर्ने भएकाले पर्यटन क्षेत्रकाे प्रचूर सम्भावना रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै पर्यटकीय हव बनाउने याेजना पनि भइरहेकाे उहाँले बताउनुभयाे । युवा राेजगार कार्यक्रम मार्फत युवालाई राेक्ने पहल भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे ।

कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएर काम भइरहेकाे पनि उहाँकाे भनाइ छ। यहाँका कृषकलाई मुख्य त अलैंची, चिराइताे, किवी, स्याउ र चिया खेतीतर्फ केन्दित गराउने याेजना रहेकाे उहाँकाे तर्क छ। कृषि तथा पशुपंक्षी अनुसन्धानकाे स्थापना गरिएकाे र प्राङ्गारिक मल बनाउने तर्फ केन्दित हुने र रासायनिक मललाई  विस्थापित गर्ने याेजना भइरहेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

सडक कच्ची भएता पनि बाह्रै महिना संचालन भइरहेकाे बताउँदै उहाँले अहिले वर्षाका कारण बिग्रिएका स्थानमा सडकाे मर्मत सम्भारकाे काम पनि भएकाे उहाँले बताउनुभयाे । खानेपानी सबै वडावासीकाे घर-घरमै पुर्याएकाे उहाँले जानकारी गराउनुभएकाे छ। सामाजिक सुरक्षा भक्ता वडा अध्यक्ष मार्फत चेक संकलन गरेर बैंकबाट पैसा झिकेर जेष्ठ नागरिक, असक्त र अपांगता भएका नागरिककाे घरमै पुगेर भक्ता दिने गरिएकाे उहाँकाे भनाइ । 

विद्युतकाे पहुँच वडावासीका घर-घरमै पुगेकाे र अपुग भएका केही स्थानमा साेलार वितरण गरेकाे पनि उहाँले बताउनुभयाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई पालिकाले ३५ लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। बजेट अभावका कारणले विकास निर्माणका कतिपय याेजनाहरू पूरा हुन नसक्ने पनि उहाँकाे तर्क छ। अन्त्यमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि अध्यक्ष शेर्पाकाे दावी छ ।

 

Facebook Comments Box

Share Icon