Share Icon

♦ध्रुब कार्की

१० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित धुनिबेशी नगरपालिका साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् ।

धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३⁄११⁄२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको दोस्रो नगरपालिका हो ।

धुनिबेशी नगरपालिका स्थित ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा रमेश प्रसाद आचार्य निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ, रमेश प्रसाद आचार्य हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय धुनिबेशी नगरपालिका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष आचार्य वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ६ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

वडामा पर्यटन, कृषि र सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

प्राचिनकाल देखी वडामा रहेको कालीदेवी मन्दीरलाई अध्यन गरेर प्रबद्धन गर्न सडकहरु निमार्ण गर्दै काठमाडौँको पर्यटन मन्त्रालय अन्तर्गतकाे नाथुमसँग सहकार्य गरेर होमस्टेहरु सञ्चालन गर्दै पर्यटकमय वडा बनाउने योजना रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

वडा अध्यक्ष आचार्यले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

वडामा रहेको बजार विकास महाशाखाको अधिग्रहणमा रहेको जग्गा लाई प्रदेश सरकारको नीति अनुसार कृषि तथा तरकारीहरुको संकलन केन्द्र बनाउने उद्देश्यले विभिन्न संघ संस्थाहरु सँग पहल गरिरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष आचार्यले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै वडामा रहेको कालिदेवी आधारभुत विद्यालयको भौतिक संरचनाहरु निर्माण तथा मर्मत गर्दै शिक्षालाई गुणस्तर बनाउन विद्यालयमा अङ्ग्रेजी भाषामा पठनपाठन गर्नका लागि पुस्तकहरुको व्यवस्था गर्दै हामी लागि परीरहेका छौँ ।”

त्यसैगरी आयस्रोत काम भएका विद्यार्थीहरुलाई लाईन्स क्लवको सहयोगमा ड्रेस तथा जुत्ता, चप्पल वितरण गर्दै विद्यालयको क्षेत्रमा कागतीको पकेट क्षेत्र बनाउने उद्देश्यले कागतीको विरुवाहरु रोप्ने काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष आचार्यले भन्नुभयो, “हाल वडामा रहेको स्वास्थ्य भवनबाट प्रदान भइरहेको सेवा सुविधाहरु सेवाग्राहीहरुलाई सेवा प्राप्त गर्न असहज भएको कारण हामीले नगरको कार्यपालिकाको सहयोगबाट सबैलाई पायक पर्ने ठाउँबाट स्वास्थ्य भवन सञ्चालन गर्ने र सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँले वडाबासीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै वडाको टोल टोलमा हरेक महिना स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको जानकारी बताउनुभयो ।

वडामा रहेको बजार क्षेत्र सँगै व्यवसायीहरुलाई पनि व्यस्थापन गरेर बजार क्षेत्रलाई अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई गलैँचा, ढाका तथा हस्त कलाहरुको समानहरु उत्पादन गर्ने तालिम प्रदान गरीरहेका छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि पत्रकारीतामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष आचार्य भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई पर्यटकमय वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon