Share Icon

♠ध्रुब कार्की

१० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला रुबी भ्याली गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा रुपा घले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष घलेले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो वडामा बाटोघाटो, जनचेतानाका कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।”

वडामा शिक्षा, सडक र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको वडा अध्यक्ष घलेले बताउनुभयो ।

वडा अध्यक्ष घलेले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै बालबालीकाहरुलाई टिभीबाट पठनपाठन गर्ने उद्देश्यका साथ शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा रहेका युवा तथा महिलाहरुको लागि बजेट विनीयोजन गरेसँगै विभिन्न कार्यक्रम तथा तालिमहरु प्रदान गर्ने योजनामा समेटेको उहाँले बताउनुभयो ।

अध्यक्ष घलेले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष राउत भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई शिक्षा, स्वास्थ्थय र सडकहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्ने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon