Share Icon

♦ध्रुब कार्की

२१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा चन्द्र बहादु्र गुरुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ चन्द्र बहादु्र गुरुङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय शिवपुरी गाउँपालिका स्थीत वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

जुनसुकै समयमा बिना झन्झट वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौँ । जे होस् अरूभन्दा ४ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

वडामा सडकको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी थोरै तर दिर्घकालीन रुपमा सडकहरुलाई सघं तथा प्रदेशको बजेटअनुसार ढलान तथा स्तर उन्नती गरेर व्यवस्थापन गर्ने भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै अधुरो रहेको विद्यालय भवनलाई निमार्ण सम्पन्न गर्ने र शिक्षालाई गुणस्तर बनाउन हामी लागि परीरहने छौँ ।”

वडामा रहेका वडाबासी लगाएत वृद्धवृद्धाहरुको स्वास्थ्य लाई ध्यानमा राख्दै प्रत्येक महिनामा महिना उहाँहरुको टोल तथा घरघरमा गएर स्वास्थ्य शिवीर सञ्चालन गर्ने गरेसँगै स्वास्थ्य क्षेत्रहरुबाट सेवग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै खेतीयोग्य जमिनहरुको माटो परीक्षण गरेर बालीनाली लगाउने र विभिन्न कृषि प्राविधीकहरु मार्फत वडामा रहेका बालिनालीहरुलाई रोगहरुबाट कसरी बचाउन सकिन्छ कसरी जोगाउने भनेर किसानहरुलाई तालिम तथा कार्यक्रम प्रदान गर्दै अगाढी बढीरहेको जानकारी दिनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा रहेका वडाबासीहरुको आवश्यकता हेरेर बुझेर पाइपहरु वितरण गर्ने कामहरु गरीरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

४ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon