Share Icon

१७ जेठ, काठमाडौं।   कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कञ्चनपुर जिल्लामा पर्ने  बेलडाँडी गाउँपालिकामा  ५ वटा वडा कायम गरिएको छ।

व्यवसाय तथा समाज सेवामा रहेर निरन्तर रुपमा स्थानियको सेवामा निश्वार्थ लागिरहनु भएका नारद सिंह उर्यालले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष हुनुभयो।

बेलडाँडी गाउँपालिकामा वडा नम्बर २  का वडा अध्यक्ष उर्यालले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ ।

बेलडाँडी गाउँपालिकामा वडामा अहिले बजेट समित रहेको र समित बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएको छ।’

चालु आर्थिक बजेटबाट वडामा विकास निर्माणका काम सम्पन्न सत प्रतिशत सम्पन्न भएकाे तथा बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष उर्यालले उल्लेख गर्नुभयो ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै लामो समयदेखी स्थानियबासीको सेवामा निरन्तरस रुपमा लागी रहेको र निरन्तर रुपमा सदैब लागी रहने वडा अध्यक्ष उर्यालले बताउनुभयो।

उहाँले भन्नुुभयो, कृषि, ‘स्वास्थ्य,शिक्षा, बाटो सडक, सिचाई, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं ।’ विकास र निर्माणका काम भएका छन् । अधुरो र अपुरा भएका योजनालाई पुरा गरेको छु । स्रोत र साधनले भ्याएसम्म वडाको विकासमा लागेको छु । सबैको साथ र सहयोगले वडामा परिर्वन हुने भएको हुँदा त्यस अभियानमा सक्रिय भएर लागेको छु ।

वडा अध्यक्ष उर्यालले भन्नुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाँले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । उर्यालले वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडामा राजेकारीको अभाव पनि रहेको छ । कृर्षिलाई व्यवसायिकरण गर्न लागी रहेको समेत वडा अध्यक्ष उर्यालले बताउनुभयो ।

तपाईले निर्वाचनमा गर्नु भएका प्रतिबद्धताहरु पुरा भए त ?

निर्वाचनको समयमा हामीले वडामा गर्ने सक्ने कामका मात्र प्रतिबद्धता जनाएका थियौ । ठुला– ठुला सपनाहरु र झुटको काम गरेनौं । हाम्रो वडालाई नमुना वडा बनाउनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार विकासमा नै हाम्रो ध्यान केन्द्रीत थियो । जुन पुरा हुँदै गएको छ । धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै वडाको जनताका चाहना र आवश्यकता पुरा गर्दै आएका छौं ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर ।

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon