वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष तामाङ

Share Icon

२४ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. ६ का टंक तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर जुगल गाउँपालिका वडा नं. ६ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष टंक तामाङ अहोरात्र खटिरहनु भएको छ ।

जुगल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ६ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँ तामाङले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा सडक र शिक्षालाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले ६ नम्बर वडालाई समेट्ने मुख्य सडकमा बसहरु सञ्चालन गर्ने उद्देश्य लिएर सडकहरुलाई स्तर उन्नती गर्ने कामहरु तीव्र रुपमा भइरहेको छ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै कृषि क्षेत्रलाई व्यवसायीकरण बनाउने उद्देश्यले विभिन्न कार्यक्रम तथा तालिमहरु आयोजना गरेको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

उहाँले वडामा स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सडकहरुमा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुको लागी स्वरोजगार बनाउने योजनाका साथ विभिन्न सिपमुलक तालिमका साथै जनचेतनाका कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ ।”

उहाँ निर्वािचत हुनु भन्दा अघि समाज सेवा सँगै कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा सडक र शिक्षालाई जोड दिदैँ सडकमा सार्वजनीक बस सञ्चालन गर्ने र गाउँमा पनि सहरको जस्तो शिक्षा दिने लक्ष्यका साथै वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अघि बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.