राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा ड्रेस तथा शैक्षिक सामाग्री बितरण

Share Icon

  1. ♥सागर परियार

१२ फागुन, राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा न ६ को आयोजना मा असहाय आमाबाबु बिहिन बालबालिकाहरुलाइ ड्रेस सहित शैक्षिक सामाग्री वितरण कार्यक्रम शनिबार गरिएको छ

वडाको बार्षिक २०७९र८० को कार्यक्रम मा राखिएको कार्यक्रमलाई आज सम्पन्न गरिएको छ । कार्यक्रममा सभा अध्यक्ष वडा न ६ का वडा अध्यक्ष अशराज न्यौपाने का अनुसार आमाबाबु नभएका बालबालिका लाई पढाई मा समस्या धेरै हुने हुन्छ हामिले यो कार्यक्रम गर्नकाे

मुख्य उद्देश भन्नेको कसैलाइ पनि शिक्षा बाट बन्चित गर्नु हुदैन्न हामी सबैले आफ्नो ठाउँ बाट सक्दो कोसिस गर्ने बताउदै भबिष्यमा यी बालबालिकाले नै देशलाइ हाक्ने हुन हामिले सानो सहयोग गरेको हो आउने समय अझ यसलाइ प्रभाकारी कार्यक्रम बनाउने बताउनु भएको छ ।

कार्यक्रम मा स्वागत मन्तव्य वडा सचीव अनिता चौधरी का अनुसार आफुहरुले भदौमै सुचना प्रकाशन गरेका थियौ पहाडीपुर जोगिपुर मानपुर मा बि सबै लाई आफुहरु सग भएको त्यस्ता विवरण उपलब्ध गराइ दिन भन्दै बडघर बाट आएको विवरण बिधालय बाट आएको विवरण र

वडामा रहेको बितरण लाई समाबेश गरि छलफल गरि बुवा आमा दुबै नभएका लाई विशेष प्राथमिकता दिदै २ जोडा ड्रेस १र१ जोडा जुत्ता मोजा १ थान झोला ११ पिस कापी र १ दर्जन कलम गरि त्यस्ता ६ जना लाई उपलब्ध गराएको र आमा बाबू मध्य एक जना मात्र भएकालाई ११ पिस कापी र १ दर्जन कलम गरि ६९ जना बितरण गरिएको बताउनु भएको छ । कार्यक्रम मा वडा का सम्पुर्ण बडघर शिक्षक प्रतिनिधि वडा सदस्य अभिभावक को उपस्थितिमा कार्यक्रम सचालन गरिएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.