Share Icon

२५ असाेज, काठमाडाैं। आदर्श कोतवाल गाउँपालिका मधेश प्रदेश-बारा जिल्लामा अवस्थित गाउँपालिका हाे ।

यस गाउँपालिकामा ८ वटा  वडा रहेका छन् । यस यस गाउँपालिकाकाे कुल जनसंख्या २७ हजार ५ सय ५२ रहेकाे छ। कुल  क्षेत्रफल ३६.२५ वर्ग किलाेमिट रहेकाे छ।

सीमाना : पूर्व-रौटहट जिल्ला, पश्चिम – पचरौता नगरपालिका ,उत्तर- बारागढ़ी गाउँपालिका र दक्षिण – सिम्रौनगढ़ नगरपालिका रहेका छन् । समावेश भएका साविकका गाविसहरु पटेर्वा, टेढाकट्टी, इनर्वामाल, महेन्द्र आदर्श र लक्ष्मीपुर कोतवाली गाविस रहेका छन् ।

आदर्श कोतवाल गाउँपालिका-६ का वडा अध्यक्ष राजु कुमार गुप्ताले स्वच्छ खानेपानीकाे अभाव रहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सिंचाइकाे अभाव भएका कारण कृषि खेती गर्न पनि समस्या रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। विद्युत सबै वडावासीकाे घरमा पुगेकाे बताउँदै उहाँले कृषकलाई खेती गर्न सहज हाेस्र भन्ने उदेश्यले बिजुली खेतबारीमा पनि पुर्याउने याेजना रहेकाे बताउनुभयाे । सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे उहाँले बताउनुभएकाे छ। शिक्षक दरबन्दीकाे अभाव रहेकाे उहाँले बताउनुभयाे । 

कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएर काम भइरहेकाे पनि उहाँकाे भनाइ छ। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ।

साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई पालिकाले ५५लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो। बजेट अभावका कारण साेचे जस्ताे काम गर्न नसकेकाे पनि उहाँकाे भनाइ छ।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष गुप्ताकाे दावी छ।

Facebook Comments Box

Share Icon