शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष पौडेल
हस्ता विष्ट २६वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर ( पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो ) । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९ गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बद्रि प्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । अर्जुनचौपारी गाउँपालिका वडा नं. ५…
