Share Icon

हस्ता विष्ट
२६वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर ( पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो )  । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९ गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ ।
गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बद्रि प्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष बद्रि प्रसाद पौडेल ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष पौडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयोे ।

वडा अध्यक्ष पौडेलले भन्नुभयो, ‘ वडामा शिक्षा, स्वास्थ्य र तटबन्धनलाई पहिलो प्राथमिकता दिनुका साथसाथै खोला नालामा तटबन्धन लगाउने कामहरु सम्पन्न भएको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्न र विपन्न वर्गका विद्यार्थीहरुलाई मध्यनजर गर्दै विद्यालयमा घेराबार लगाउने, पुस्तकालयको व्यवस्था गरेको र बालविकासमा अध्यक्ष गर्ने विद्यार्थीहरुलाई बस्ने कार्पेटको व्यवस्था गरेको लागि गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै वडामा रहेका लगभग बाटोहरु कालोपत्रे गर्ने कामहरु सम्पन्न भएको छ । ‘

त्यसै गरी कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै कृषकहरुलाई रासायनिक मलहरु वितरण गरेको,कृषि औजारहरु वितरण गरेको र विभिन्न विउँ विजन वितरण गरेकोे उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा धाराको निमार्ण गर्ने अभियानका साथ कामहरु निरन्तर कामहरु अगाडि बढाएका छौ । ‘

त्यसै गरी महिला तथा युवाहरुलाई लक्षित गर्दैै विभिन्न रोजगारीमुलक कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

वडा अध्यक्ष बद्रि प्रसाद पौडेलले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon