Share Icon

३ माघ काठमाडाैँ । कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लालविर चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय कैलाली जिल्ला स्थित टिकापुर नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष लालविर चौधरी ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, “वडामा अहिले विकास निमार्णको काममा सडक ग्राबेल र पुल लगाएत सामुदायिक भवनहरुको निमार्ण कार्य भईरहेकोे छ ।”

वडामा शिक्षा क्षेत्रलाई विशेष जोड दिँदै वडामा लोकसेवाका कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले महिलाहरुको लागि वडामा सिलाई कटाई जस्ता सिप मुलक तालिमहरु दिएर रोजगार मुखि बनाउने लक्ष्यका साथै युवा तथा बालबालिकाहरुलाई वडामै निशुल्क कम्प्युटर तालिमको व्यवस्था गरिएकोे बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका अपाङ्ग र वृद्धवृद्धाहरुले पाउने भत्ता घर घरमा गएर वितरण गरेको छौँ ।”

वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई समृद्धि बनाउनुका साथै वडा बासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।”

अन्त्यमा आफ्नो वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon