Share Icon

३ माघ काठमाडाैँ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालीका साबिकका दरख, साडेपानी, रामशिखरझाला र पहलमानपुर गा.वि.स समाहित गरि निर्माण भएको छ ।

गत वैशाखको स्थानीय तहको निर्वाचनमा धन बहादुर चौधरी घोडाघोडी नगरपालीका वडा नम्बर ६ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “हामीले उपभोक्ता समितीमार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

उहाँले भन्नुभयो, “हामीले वर्षाको समयमा बिग्रेको सडक मर्मत सँगै अबको केही दिनमै सम्पन्न हुने गरी काठे पुल निर्माणको काम भइरहेको छ ।”

वडामा विशेष प्राथमिक्ता शिक्षा र कृषिलाई दिदैँ वडा नम्बर २ मा यो वर्ष पनि वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएको उहाँले बताउनुभयो ।

वडामा शिक्षा र कृषिलाई प्राथमिक्ता दिए सँगै शिक्षा क्षेत्रमा वडामा सञ्चालन भइरहेको दुई वटा आधारभुत विद्यालयहरुलाई मा.वी सम्म सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी कृषि क्षेत्रमा सिचाईको लागी तिन वटा टोेलमा बोरीङको व्यवस्था र सिचाई सम्बन्धी योजनाहरु मर्मत गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले ग्राबेल भएको सडकलाई स्तर उन्नती गराउनेका साथै खेलकुद र लागुऔषध दुर्व्यसन कार्यक्रमहरु गर्ने योजनामा समेटेको छाैँ ।

युवा र महिलाको लागी पालिका स्तरबाटै कार्यक्रमका योजनाहरु आयोजना गर्ने भएकोले वडाबाट उक्त कार्यक्रमहरुलाई सुझाव र सहयोग गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी अर्काे वर्ष बाट भने वडाबाटै कार्यक्रमहरु तथा तालीमहरु गर्न माग गरेको जस्तै आपँको अचार, अमलाको अचार बनाउने तालिमहरु दिने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि जनमुक्ती सेवामा र वडा सदस्यमा आबद्ध भएकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर र समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेकाे छु ।”

अन्त्यमा उहाँले भन्नुभयो ?

मलाई अमुलय भोट दिए्र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon