वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई
२४ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष लाल प्रसाद भट्टराई ।
उहाँले स्थानीय तह निर्वाचन पश्चात शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, बाटो सडक, विद्युत, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा काम सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरिरहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुयो, ” यो वडामा मुख्य समस्या भनेको बाटो रहेकोले , बाटोको स्तरउन्नति गर्दै चौडा बाटो बनाउने , ढलान गर्ने कामहरु तीव्र गतिमा भइरहेको छ । ”
त्यस्तै वडास्तरीय फुटबल खेलकुदको लागि मैदानको निमार्ण गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, ” सिमित स्रोत साधन भएकोले वडाबासीहरुको आवश्यकता असिमित भएकोले भने जस्तो काम गर्न नसकिएको प्रष्ट पार्नुभयो । ”
उहाँले भन्नुभयो, ” शिक्षाको क्षेत्रमा वडामा रहेका पढ्न योग्य बालबालीकाहरूलाईअनिवार्य सामुदायिक विद्यालयमा पढाउने पर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि सामुदायिक विद्यालयलाई विशेष जोड दिइएको छ । ”
खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि बृहत रुपमा काम भईरहेको वडा अध्यक्ष भट्टराईले बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकीबाट सामान्य औषधीहरु निशुल्क उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।
वडामा रहेका गरिबी घरहरु संकलन गर्दै सार्वजनिक सेवाहरुबाट बञ्चित घरहरुको डाटा संकलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।