स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बि.एम

Share Icon

२० चैत्र, काठमाडाैं ।  स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नर बहादुर बि.एम ।

जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्षमा जित्न सफल नर बहादुर बि.एम वडा अध्यक्ष हुनुहन्छ।

यस अघिको २०७४ सालको कार्यकाल पनि बि.एमले भएको विकास र जनले बि.एमलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।

उहाँले भन्नुभयो, “स्वास्थ्य,खानेपानी, शिक्षा, कृषि , जनचेताना, तथा बाटोघाटोका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका थियौ पास भएका छन् । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा अध्यक्ष बि.एमले उल्लेख गनुभयो ।

उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ ।

जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”

अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। नर बहादुर बि.एमले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा राजनितिक तथा व्यवसायमा आबद्ध रहनुभएका र बि.एमले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा र बि.एमले वताउनुभयो।

उहाँले भन्रुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”

मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.