पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की

Share Icon

♦ध्रुब कार्की

२४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्लाको उतर पुर्व पहाडी भूभागमा अवस्थित गोकलुगंगा गाउँपालिका प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा अधिकांश भाग पहाडी भूभागले ढाकेको छ ।

गोकलुगंगा गाउँपालिका साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वटा वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको हो ।

गोकलुगंगा गाउँपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा सुन्दर कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

गोकलुगंगा गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुन्दर कार्की ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

वडा अध्यक्ष कार्कीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम भइरहेको छ । ”

वडामा शिक्षाको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयहरुलाई मर्मत सम्भार गरे साथसाथै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन विद्यालयलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग बसेर छलफल गरेर अगाढी बढीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई नाली सहित ग्राबेल तथा सोलीङ लगाएत नयाँ सडकहरु निमार्ण गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ । ”

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक कार्यक्रमहरु सिलाई बुनाई जस्ता तालिमहरु दिएर कार्यक्रमहरु भइरहेको छ ।”

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ सुन्दर कार्की, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्ष कार्की भन्नुभयो, ‘वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।’

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि सामाजीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडा रहेका सम्भावीत रहेका पर्यटन क्षेत्रलाई प्रबद्धन गर्दै पर्यटकमय वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.