भिरकाेट नगरपालिका वडा नम्बर ९ मा नि:शुल्क स्वास्थ्य परीक्षण

Share Icon

काठमाडौं । भिरकाेट नगरपालिका वडा नम्बर ९ मा साेमबार नि:शुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएकाे छ ।

कालिकाेट स्वास्थ्य चाैकीकाे व्यवस्थापनमा भिरकाेट नगरपालिका वडा नम्बर ९ काे कार्यालयले साेमबार नि:शुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेकाे हाे ।

वडा अध्यक्ष भिम गुरूङले ५ सय ८ जनाले नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण गराउनु भएकाे जानकारी दिनुभयाे ।

उहाँले स्वास्थ्य शिविरमा गाइने ओ.पि. डी., भिडियो एक्सरे सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, दन्त परीक्षण सेवा र ब्लड सुगर र प्रोटिन लगायत राेगकाे परीक्षण गरिएकाे बताउनु भयाे ।

सम्बन्धित राेगकाे विशेषज्ञहरूले स्वास्थ्य परीक्षण गरेकाे वडा कार्यालयले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.