Share Icon

♦ध्रुब कार्की

२३ फागुन,काठमाडाैँ । नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका, उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ ।

७२.६२ वर्ग कि मि फैलिएको तारकेश्वर साविकको तारुका, बुधसिङ, दाङसिङ, गोस्र्याङ र खड्कभन्ज्याङ्को वडा न १,२ र ३ मिलेर बनेको तारकेश्वर गाउँपालिकको जनसंख्या २०६८ सालको जनगणना अनुसार १५७१९ छ ।

तारकेश्वर गाउँपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा सूर्यमान श्रेष्ठ पुनः निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ सूर्यमान श्रेष्ठ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय तारकेश्वर गाउँपालिका स्थीत वडा नम्बर ३ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरू इन्टरनेट मार्फत प्रदान गर्दै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेसँगै उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गरेर किसानहरुलाई विउविजन वितरण गर्दै कृषि क्षेत्रको बजारीकरणलाई पनि व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयको शिक्षक तथा व्यवस्थापन समितीहरु सँग छलफल गरेर शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल गर्ने र कालोपत्रे गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई जनचेतनाका कार्यक्रम सँगै च्याउ खेती लगाएत सिलाई बुनाई जस्ता सिप मुलक कार्यक्रमहरु राखेका छौँ ।”

३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा एक घर एक धारा बनाउने र वडामा रहेका सडकहरुलाई कालोपत्रे गर्ने योजना सँगै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै अघि बढ्ने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon