वडा कार्यालयद्वारा प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तालिम प्रदान

Share Icon

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यालयले सोमबार सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ ।

वडा नम्बर ८ को कार्यालयले वडामा रहेका विद्यालयहरूका प्रधानाध्याकहरूको नेतृत्व विकास हुने उद्दश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष तेजनाथ पौडेले बताउनु भयो ।

उहाँले भन्नुभयो,’प्रधानाध्याकहरूलाई विद्यालय व्यवस्थापन सम्बन्धी तालिम पनि दिइएको छ, शिक्षाको स्तरउन्ततीको लागि सानो प्रयासको थालनी गर्न पाउँदा खुसी लागेको छ।’

शिक्षाको गुणस्तरमा वृद्धि ल्याउन तथा प्रधानाध्याकहरूलाई उत्प्रेरित गर्न तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो । वडा अध्यक्ष पौडेलले पालिकाले यस्तो कार्यक्रम विगत ६ वर्षदेखि नगरेकोले वडा बाटै तालिमको आयोजना गरिएको बताउनु भयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.