Share Icon

२४पाैष, काठमाडाैं ।  गेरुवा गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । आइतवार वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो ।

गेरुवा गाउँपालिका वडा नं. ३ मा रहेका ५५ जना जेष्ठ नागरिक र २२ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो।

जेष्ठ नागरिक अन्तगत ८० बर्ष देखि माथि उमेर समुहका बुद्धबृद्धा बुवा आमाहरुलाई न्यानो कपडा वितरण गरिएको गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले बताउनुभयो ।

गेरुवा गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहयोग शिर्षकमा १ लाख रुपैँया बिनियोजित गरेको थियो ।

सोही शिर्षकबाट प्रति व्यक्ति ज्याकेट, टाउजर, टोपी र किचेन सुज वितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई जाडोबाट बचाउनु सबैको दायित्व भएको उल्लेख गर्र्दै न्यानो कपडा वितरणले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई केही सहज हुनेमा जोड दिनुभयो ।

न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. ३ का वडा सदस्य एवं कार्यपालिका सदस्य दुर्गा छिनाल, वडा सदस्य राधा चौधरी, जमान सिंह कठायत, राम औतार थारु, वडा सचिव अमृता बजगाई लगायतको सहभागिता रहेको थियो।

Facebook Comments Box

Share Icon