शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं: अध्यक्ष चौधरी

Share Icon

११ पाैष,काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बारबर्दिया नगरपालिका वडा नम्बर ११ मा बिजय कुमार चौधरीलाई वडाबासीले अध्यक्ष पदमा निर्वाचित गराएका छन्।

अध्यक्ष चौधरी अघिल्लो कार्यकालमा पनि निर्वाचीत हुनुभएको थियो। अघिल्लो कार्यकालमा जनताका समस्याहरुका समाधानका साथैं स्थानिय संगै हातेमालाे गरेर सबैलाकर्इ समेटेर योजनाहरु सबै सम्पन्न गरेकोले जनताले पुनः अध्यक्षमा जिताएको र अागामि दिनमा पनि जनतासंगै हातेमालाे गरेर वडाका हरेक गतिबिधि अगाडि बढाउने  अध्यक्ष  चौधरीले बताउनुभयो।

वडा अध्यक्ष चौधरीले वडालाई समृद्ध बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर पुर्वाधार विकास निर्माणका काम अगाडि बढाइएको छ।”

अध्यक्ष चौधरीले महिला र युवाको लागि लैङगीक हिसां र बालबालीकाको लागी कार्यक्रम पनि योजनामा समेटेको बताउनुभयो। उहाँले वडाको चौतर्फी विकास जस्तै शिक्षा, स्वास्थ्य, सडक ग्रावेल, भवनहरु निर्माण लगायतका क्षेत्रमा ध्यान केन्द्रित गरेर योजना तथा कार्यक्रमहरु अगाडि बढाइएको र केही योजना भने सम्पन्न हुन लागेको बताउनुभयो।

उहाँले शिक्षालाई विशेष जोड दिएकोले वडाका विद्यालयहरुलाई अतिरिक्त क्रियाकलापहरुका साथै शैक्षीर्क गुणस्तर बनाउनका कार्यक्रम र खेलकुद सामाग्री वितरणका लागि वडाबाट बजेट विनियोजन गरिएको बताउनुभयो।

उहाँले अन्त्यमा भन्नुभयो, अघिल्लो कार्यकालमा पनि कामहरु गरेकोले हाल कामहरु गर्न कुनै कठिनाई नभएको र पहिला झै उत्साहका साथ काम गर्ने र जनताको सेवक भएर सेवागर्ने अठोटसँगै जनतालाई गरेको बाचाबाट निराश हुन नदिने बताउनुभयो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.