Share Icon

१४ पाैष, काठमाडाैं ।   बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष रामलखन थारूले स्थानियतहको निर्वाचनमा बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष रामलखन थारू।

पहिले रहेका आधा अधुरा कामहरु सम्पन्न गर्दै अरु योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी तिब्र गतिमा लागि रहेको वडा अध्यक्ष थारूले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडामा टोल विकास समितिको गठन प्रकृया अन्तिम चरणमा पुगेको र योजना तथा कार्यक्रमहरु पनि टोलविकास समिति मार्फत सम्पन्न गर्ने काम तिब्ब्र गतिमा गरिरहेका छौं ।’

वडाको चौबिस वटै टोलमा बिजुल्लि बत्ति पुराउने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँले वडा खबरसगं कुरा गर्दै भन्नुभयो, ‘यस वडामा सडक बाटो गा्रभेल गर्ने,नाली तटबन्धनका काम सम्पन्न गरेको र अझै धेरै काम गर्ने याेजना रहेकाे बताउनुभयाे ।

त्यस्तै यस वडामा सुकम्बासी बस्तिको समस्या रहेकाले उक्त समस्यालाई पहिलो प्राथमिकता दिदैँ समस्या समाधान गर्नको लागि वडास्तरीय समुह मार्फत सुकम्बासीहरुको डाटा संकल गर्ने काम सम्पन्न भईसकेको र उक्त डाटालाई अनलाईन मार्फत इन्टी्र गरेर जग्गा नाप जाँच गरेर निश्चित गर्नको लागि काम तिब्ब्र गतिमा भईरहेको वडा अध्यक्ष थारूले बताउनुभयो ।

त्यस्तै विभिन्न दुर्घटनाबाट बच्नको लागि, समाजमा हुने अनैतिक काम रोक्नको लागि सडकको मेन रोडमा, टोलमा  बत्तिहरु जडान गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले भन्नुभयाे,  ‘यस वडामा सञ्चारको क्षेत्रमा नमस्तेको नेटर्वकले काम गर्दैन थियो उक्त नमस्तेको टावर ल्याउनको लागि वडाको पहलमा नेपाल टेलिकममा निवेदन पठाएको र वर्षातको समयमा आएको बाढीले नदिको तटबन्ध भत्काएको र त्यसको पुर्नमर्मत सम्भारको काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ,समाजमा हुने विभिन्न झैझगडाहरु,प्रशासनिक कामहरु घरमै गएर समाधान गरेको उहाँले बताउनुभयो । त्यस्तै वडामा दिईने वृद्धा, अपांग, दलित भत्ता पहिले लिनको लागि हिडेर टाढा जानुपर्ने बाध्यता थियो अहिले वडाबासीहरुलाई सहजको लागि बैंक मार्फत दिनको लागि संघिय सरकारको समन्वयमा वडामै बैंकको व्यवस्था गर्ने योजनाहरु दुत्रर गतिमा भईरहेको कुरा जानकारी दिनुभयो ।

वडामा बाटो सडकको कालोपत्रेको काम अगाडि बढाईरहेका छौ । त्यस्तै नेपाल कृषि प्रधानभएकोले वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिदैँ सिचाईको लागिनहर बनाउने, बोरिङको व्यवस्था गर्ने, विउँ विजन वितरण गर्ने, कृषिलाई व्यावसाय मुखिकरण बनाउने लक्ष्यका साथ काम गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयाे,’ मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशिलाग्यो। जुनविश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।’

अन्त्यमा वडा नम्बर ७का स्थानिय वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

अन्त्यमा वडा नम्बर ७का स्थानिय वडाबासीहरुलाई प्रति पुर्ण आभारी छु । मलाई अमुल्यभोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रतिविश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon