योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वडा अध्यक्ष सीर्पाली
२ जेठ, काठमाडाैं । लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्।
पुथा उत्तरगङ्गा गाउँपालिकामा कुल १४ वडा रहेका छन् । २०७९ सालको स्थानिय तहको निर्वाचनमा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ मा निर्वाचित वडा अध्यक्ष शिविसन सीर्पालीले हुनुहुन्छ ।
वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यवसायमा आबद्ध रहनुभएका शिविसन सीर्पाली निरन्तर रूपमा समाज सेवामा आबद्ध हुनुहुन्थ्यो।
सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष शिविसन सीर्पालीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।
१३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर १३ का अध्यक्ष शिविसन सीर्पालीले बताउनुभयो।
वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका सीर्पालीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष सीर्पालीले वताउनुभयो।
निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।
वडा अध्यक्ष सीर्पालीले भन्नुभयो, समग्र वडाहरु भन्दा पुथा उत्तरगङ्गा गाउँपालिकामा वडा नम्बर १३ बिकट तथा पछाडि परेको वडा रहेको वडा हो ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा १३ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा सीर्पालीले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता बाटोलाई दिएर अन्य जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले राजनिति, व्यवसाय तथा समाज सेवामा आबद्ध रहनुभएका शिविसन सीर्पाली निरन्तर रुपमा वडाका गतिबिधि अगाडी बढाई रहनुभएको छ ।
चालु आर्थिक वर्षको बजेटबाट ९५ काम वडाको गतिबिधि भएको बाकी काम चाडै हुने वडा अध्यक्ष सीर्पालीले उल्लेख गर्नुभयो । स्वास्थ्य शिक्षा, खानेपानि, सडक तथा पुर्वाधारहरुलाई प्राथमीकतामा राखेर काम गरिरहेको वडा अध्यक्षले उल्लेख गर्नुभयो ।
वडामा बाहिर रहेर सोचेजस्तो काम गर्न सहज नभएको सबैलाई चित्त बुझाउन नसकिने रहेछ । गाउँपालिकाले पनि बिभद गरेकाे तथा वडाका समस्या लगायतका बिषयलाई सम्बाेधन नगरेकाे वडा अध्यक्ष सीर्पालीले बताउनुभयाे ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।