५ वर्षमा जनताका ९८ प्रतिशत माग पूरा गर्नेछुः वडा अध्यक्ष तामाङ
९ कार्तिक, काठमाडौं। नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो ।
प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो ।
नेपालको बदलिंदो राजनैतिक परिवर्तन पश्चात संघीय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तरतर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।
भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाडाैंदेखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५ सय मिटर उचाईमा पर्दछ ।
गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग किलाेमिटर रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा विभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४ हजार ४ सय २९ घरधुरीमा कुल जनसंख्या १७ हजार १ सय ५६ रहेको छ ।
भाेटेकाेशी गाउँपालिका-५ का वडा अध्यक्ष दावा त्यम्बा तामाङले कृषकका लागि एक घर एक टनेलकाे अभियान संचालन भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। कृषिमा विशेष जाेड दिएकाे र कृषकलाई तरकारी खेती गर्नका लागि प्रेरित गरिएकाे उहाँकाे तर्क छ।
युवा लक्षित कार्यक्रम पनि संचालन भइरहेकाे उहाँकाे भनाइ छ । कृषिकाे सन्दर्भमा कुखुरा, बाख्रापालन र पशुपालक कृषककाे लागि अनुदानकाे व्यवस्था गरिएकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ। खानेपानीकाे एक घर एक धाराकाे अभियान अब ३ वर्षभित्रमा पूरा गर्ने उहाँकाे भनाइ छ। हाल यस वडावासीकाे लागि खानेपानी अस्थायी रूपमा व्यवस्थापन गरिएकाे पनि उहाँले बताउनुभएकाे छ।
साथै सडक मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे उहाँले जानकारी गराउनुभयाे । वडा कार्यालयसम्म जाने सडक कालाेपत्रे गरिएकाे पनि उहाँले बताउनुभयाे । साथै वडामा रहेकाे ४ किलाेमिटर सडक मध्ये ७ सय किलाेमिटर सडक ढलान गरिएकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे । साेही वडामा रहेका ४ किलाेमिटर सडक ५ वर्षभित्रमा सबै कालाेपत्रे गरिसक्ने लक्ष्य रहेकाे उहाँकाे तर्क छ।
वडामा ७ वटा सामुदायिक विद्यालय रहेकाे र सुधार उन्मुख रहेकाे पनि उहाँले बताउनुभयाे। पर्यटन क्षेत्रलाई अघि बढाउने याेजना रहेकाे उहाँले बताउनुभयाे। यसै वडामा रहेका ७ वटा गुम्बा र मठ-मन्दिरहरूकाे संरक्षण र व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउने याेजना रहेकाे पनि उहाँकाे तर्क छ।
शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।
यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ६ कराेड ४५ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।
अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका ९८ प्रतिशत भन्दा बढी माग ५ वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष तामाङकाे दावी छ।