Share Icon

♥हस्ता विष्ट
७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ ।

नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ ।

मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद बजार हुदै ऋषिङ पुग्न जम्मा ज्ञ घण्टा लाग्दछ भने दमौली बजार हुदै पनि जान सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेकोले यस गाउँपालिकाको नामाकरण गिरिएको हो ।

पुर्वमा व्यास नगरपालिका र देवघाट गाउँपालिका, पश्चिममा भिमाद नगरपालिका र घिरिङ गाउँपालिका, उत्तरमा म्याग्दे गा।पा। र व्यास न.पा. र दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित ऋषिङ्ग गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

ऋषिङ्ग गाउँपालिका वडा नं. ७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दुर्गा बहादुर थापा ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

दुर्गा बहादुर थापा वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले शिक्षण पेसाबाट अबकास भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

ऋषिङ्ग गाउँपालिका वडा नं. ७ मा पालिकाबाट जम्मा बजेट ९० लाख, बजेट विनियोजन गरिएको वडा अध्यक्ष दुर्गा बहादुर थापाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो,  ” वडामा बाटो र खानेपानीको क्षेत्रलाई पहिलो प्राथमिकता दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै कुनै ठाउँमा नयाँ ट्रयाक खोल्ने, तार जालि लगाउने,कुनै ग्राभेल गर्ने र नालि बाटो बनाउने काम भईरहेको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा पुराउने अभियानका साथ वडाबाट बृहत रुपमा खानेपानी क्षेत्रमा कामहरु भईरहेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” शिक्षामा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको भवन मर्मत सम्भार गर्ने, बाढि पहिलो लागि तटबन्धन लगाउने र कुनै विद्यालयमा दरबन्दि नपुगेको खण्डमा निजिस्तरबाट शिक्षक ल्याएर तलबको व्यवस्था गरिएको छ । “

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा औषधि व्यवस्थापन गर्नको लागि फर्निचरको व्यवस्था गरेको वडा अध्यक्ष थापाले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” विद्युतको क्षेत्रमा वडामा रहेको काठहरुको पोलहरु मर्मत सम्भार गर्दै फलामको पोलहरुको व्यवस्था गरिएको छ । ”

वडा अध्यक्ष थापाले भन्नुभयो,  ” युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदहरु र महिलाहरुलाई सिपमुलक तालिमहरु सबै पालिकाले नै हेर्ने गरेको छ । “

वडा अध्यक्ष दुर्गा बहादुर थापाले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon