नमुना वडा बनाउदै वडा अध्यक्ष खड्का
११ माघ, काठमाडाैँ । गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव बहादुर खड्का स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, कृषि, तटबन्धन, बाटो सडक, बिजुली बत्ति तथा भौतिक पुर्वाधार विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा रहेका कामहरु सम्पन्न गर्दै नँया योजनाहरु सम्पन्न गर्नको लागि निरन्तर काम अगाडि बढाइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । त्यसैगरी उहाँले नदि तथा…
