Share Icon

११ माघ, काठमाडाैँ । गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव बहादुर खड्का स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, कृषि, तटबन्धन, बाटो सडक, बिजुली बत्ति तथा भौतिक पुर्वाधार विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा रहेका कामहरु सम्पन्न गर्दै नँया योजनाहरु सम्पन्न गर्नको लागि निरन्तर काम अगाडि बढाइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

त्यसैगरी उहाँले नदि तथा खोलाको तटबन्धका कामहरु पनि सम्पन्न गरेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, “हामीले वडामा पनि कृषि पेशालाई नै पहिलो प्राथमिकता  दिएर  वडामा  माटो परिक्षण गर्ने काम भइरहेकाे  छ ।”

उहाँले वडाबासीहरूलाई  आथिर्क रूपमा जाेड्दै वडामा रहेका मासु जन्य पदार्थहरु जस्तै खसि राँगाको मासुहरु बाहिर पठाउने काम सम्पन्न भएको  बताउनुभयो ।

त्यसैगरी उहाँले बाटो तथा सडकहरूको स्तरउन्नति गर्दै ग्राभेल गर्ने र ढलान गर्ने योजना रहेको  बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘हामीले स्वास्थ्य क्षेत्रमा वडामा रहेका वडाबासीहरूकाे स्वास्थ्यलाई मध्ये नजर गर्दै  वडामा स्वास्थ्य ल्याबको व्यवस्था गर्दै  उहाँहरूलाई  सामान्य औषधीहरु निशुल्क वितरण गरेका छाैँ ।’

उहाँले शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि विद्यालयमा शैक्षिक तालिमको सञ्चालन गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामीले वडामा रहेका विद्यालयहरूमा  विभिन्न खेलकुदहरुको आयोजना गरेसँगै जेहेनदार विद्यार्थीको लागि छात्रवृत्रिको व्यवस्था गरेका छाैँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अगाढी कृषि पेशामा आबद्ध भएको र वडाबासीहरूको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो ,वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । आफनो कार्यकालसम्म वडालाई नमुना वडा बनाउने भिजनका साथ काम गरेका छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon