Share Icon

३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित चामे गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष मंगल देब गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

चामे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मंगल देब गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, ”  वडामा पहिलो प्राथमिकता तटबन्धनलाई दिए साथ साथै खोला नालामा तटबन्धन लागाउने कामलाई जोड दिइएको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्दै घरघरमा धारा पुराउने अभियानका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

सडक बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै ठाउँमा ढलान गर्ने योजना रहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

स्वास्थ्यको क्षेत्रमा मध्यनजर गर्दै वडामा स्वास्थ्य चौकीको भवन निमार्णको काम भईरहेको उहाँले बताउनुभयो ।

कृषिको क्षेत्रमा जोड दिदै कृषकलाई तालिमको व्यवस्था गरेको र कृषि फर्म खाल्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेको छन । ति योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon