Share Icon

१० माघ, काठमाडाैं ।   कैलाली जिल्ला स्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर १  का अध्यक्ष मिथुन गौतमले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएको वडामा शिक्षा,स्वास्थ्य,कृषि ,बाटो सडक,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्ण निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छन ।

बाटो सडकको क्षेत्रमा सडक बाटोको स्तरउन्नति गर्दै बाटो ढलान गर्ने , कालोपत्रे गर्ने योजनामा रहेको जानकारी उहाँले बताउनुभयो । त्यस्तै खोलानालामा तटबन्धनका कामहरु सम्पन्न भएका छन । महिला तथा युवाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेका छौ ।

खानेपानिको क्षेत्रमा एक घर एक धारा पुराउने अभियानका साथ काम निरन्तर अगाडि बढाईरहेका छौ । त्यस्तै कृषि क्षेत्रलाई पनि उत्तिकै चासो दिएर कृषि व्यावसायमुखिकरण बनाउने योजनामा रहेको छ ।

वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , विभिन्न कारणले उक्त योजनाहरु सम्पन्न गर्न सकिएको छैन । हामी वडाको चौतिर्फी विकासको लागि अहोरात्र खटिरहेका छौ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon