Share Icon

२८ जेठ,काठमाडाैँ । बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो ।

स्थापना कालमा १९०२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३.११.२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं। ६, ७, ८ र ९ समावेश गरी १४ वटा वडा सहितको हालको नगरपालिका घोषणा गरिएको हो ।

गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित तमानखाेला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हिरा बहादुर वि.क.ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

तमानखाेला गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हिरा बहादुर वि.क. ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष वि.क. अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष वि.क.भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९५ प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्षवि.क.  निर्वाचित हुनभन्दा पहिले वडा सचिवमा कार्यरत भएसंसगै निरन्तर समाज सेवा गररे अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष वि.क.ले बताउनुभयोे ।

वडा अध्यक्ष वि.क.ले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, र आवश्यक परेको ठाउँमा बाटो ढलान गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गर्ने व्यवस्था गरेको वडा अध्यक्ष वि.क. ले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेकोे र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष वि.क.ले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न कृषि सम्बन्धि विभिन्न तालिमहरुको व्यवस्था गरेको र पशु पन्क्षिको लागि विभिन्न औषधिहरु वितरण गरेका छौँ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरु तथा सशत्तिकरणको तालिमहरु व्यवस्था गरेको वडा अध्यक्ष वि.क.ले बताउनुभयो ।

वडा अध्यक्ष हिरा बहादुर वि.क. ले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon