Share Icon

२१ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित बाग्लुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बाग्लुङ नगरपनलिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुरज बोसेल ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बोसेल अहोरात्र खटिरहनुभएको छ ।

बाग्लुङ नगरपालिका वडा नं. २ मा जम्मा बजेट पालिकाबाट १ करोड ३० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष सुरज बोसेलले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बोसेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९५ प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष बोसेल निर्वाचित हुनभन्दा पहिले वडा सदस्यमा कार्यरत भएसंसगै निरन्तर समाज सेवा गररे अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बोसेलले बताउनुभयोे ।

वडा अध्यक्ष बोसेलले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, र आवश्यक परेको ठाउँमा बाटो ढलान गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको मर्मत सम्भार गरेको, वडाका सम्पुर्ण बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्छ भन्ने अभियानका साथ अगाडि बढाईरहेको वडा अध्यक्ष बोसेलले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेकोे र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष बोसेलले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजनहरु अनुदानमा वितरण गरेको र कृषि तालिमहरुको व्यवस्था गरेका छौँ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरु तथा सशत्तिकरणको तालिमहरु व्यवस्था गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

वडा अध्यक्ष सुरज बोसेलले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon