गेरुवा गाउँपालिका वडा नम्बर २ मा पशु चौपाया सडकमा बाँधे कारबाही हुने

Share Icon

काठमाडाैं । गेरुवा गाउँपालिका वडा नं. २ ले सार्वजनिक बाटोहरुमा पशु चौपाया नबाध्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै गेरुवा गाँउपालिका वडा नं. २ मा पर्ने टोल बस्तीहरुको सार्वजनिक बाटोहरुमा पशु चौपाया राँगा, भैसी, गाई, गोरु आदि बाध्ने तथा माल बस्तु ढुंगा, गिट्टी बालुवा आदी राख्नाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएकोले यस्तो कार्य नगर्न वडाबासीलाई सूचनामा अनुरोध गरिएको छ ।

यस्तो कार्यले बाटो खराब हुने तथा आवत जावत गर्ने आमनागरिकहरुले सास्ती व्यहोनुपर्ने भएको हुँदा उक्त सार्वजनिक स्थानमा पशुचौपाया तथा मालसामान नराख्न सम्बन्धित सबैमा जानकारीको लागी सूचना जारी गरिएको गेरुवा २ का वडा अध्यक्ष कृष्ण थारुले बताउनुभयो।

उहाँले कसैले वडाको सूचनालाई अटेर गरि सो कार्य गरेको पाइएको खण्डमा सम्बन्धित व्यक्ति वाट दण्ड जरिवाना गर्न वडा पछि नपर्ने गेरुवा अपडेटलाई बताउनुभयो ।

यस अघि गेरुवा गाउँपालिका वडा नं. ३ ले समेत पशु चौपाया बाटोमा नबाध्न अनुरोध गर्दै सूचना जारी गरेको थियो । यस्तो समस्या अन्य वडामा भएपनि सम्बन्धित वडाले यस्तो समस्या समाधान गर्न चासो नदिएको गुनासो सर्वसाधारणले गरेका छन ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.