Share Icon

९माघ, काठमाडाैं । बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको विगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा ९३० बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो ।

यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् । संघीय संरचना अनुसार साबिक आलम्पु गा.वि.स. को १–९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाको ६ नं. वडा कायम भएको हो ।

गत वैशाखको स्थानीय तहको निर्वाचनमा टहल बहादुर थामी विगु गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ६ मा वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा विशेष प्राथमिकता गोरेटो बाटो र कृषिलाई दिदैँ विकास योजनाहरुका कामहरु तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले वडामा रहेका जेष्ठ नागरीकहरुलाई थर्मस वितरण गरेसँगै चौरी पाल्ने र अन्धकारमा बस्नेहरुलाई सोलार वितरण गर्ने काम सम्पन्न गरेका छौँ ।’

वडामा खानेपानी, सडक र विद्यालयहरुलाई व्यवस्थापन गर्ने कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा गाँउपालिकाको बजेटअनुसार पशुपालनहरुको लागि बाख्रा फर्महरु निमार्ण भइरहेको बताउनुभयो ।

उहाँले वडामा गोरेटो बाटोलाई प्राथमिकता दिएसँगै वडामा रहेका सबै टोलहरुमा ढुंगा बिछ्याएर गोरेटो बाटो निर्माण भइरहेको र सडकहरुलाई स्तर उन्नती गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

त्यसैगरी कृषी क्षेत्रमा आलुखेतीको लागी बजेट विनीयोजन गरेसँगै किसानहरुलाई विउविजन तथा कृषि सम्बन्धी तालिमहरु प्रदान गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले युवाहरुकोलागी खेलकुद कार्यक्रम राखेसँगै महिलाहरुको लागि पनि सिप मुलक तथा सचेतना मुलक कार्यक्रमको लागि बजेट विनीयोजन गरेका छौँ ।”

वडाबासीको साथ र सहयोगको कारणले वडामा वडाका कामहरु गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

हामीले मलामी जाने व्यक्तिहरूका लागी  आवत जावत गर्न सहज हाेस भनेर  गाेरेटाे बाटाे बनाएका छाैं । खाेला किनारामा बिश्राम गर्नका  लागी टस्ट निर्माण गरेकाे समेत अध्यक्ष थामीले जानकारी दिनुभयाे ।

अध्यक्ष थामी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेका सडकहरुलाई नाला सहीत व्यवस्थीत बनाउने, कृषिलाई आधुनिकीकरण बनाउनुका सार्थै शिक्षा क्षेत्रमा सुधार गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon