Share Icon

काठमाडाैं । सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेकाे छ ।

वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले यस अघि गाउँपालिकाको केन्द्रबिन्दुमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड शाखाबाट बुझ्दै आइरहेको सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण भएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’गाउँपालिकाको निर्णय अनुसार भौगोलिक रुपमा बैंकदेखि टाढाको दुरिमा रहेको वडाहरु १ नम्बर वडा लच्याङ र ५ नम्बर वडा गनेशथान लाई मध्यनजर गर्दै वडाबाटै भत्ता वितरण सुरू गरिएकाे बताउनु भयाे।’

उहाँले यसअघि इन्भेस्टमेन्ट बैंकले वडाबाट भत्ता वितरण गर्न नमानेकाे बताउनु भयाे । उहाँले भन्रुभयाे,’यसअघि इन्भेस्टमेन्ट बैंकले वडाबाट भत्ता वितरण गर्न मानेकाे थिएन, तर बैंकमा प्रमुखकाे रूपमा माधव बस्नेत आए पछि अहिले विभिन्न छलफलपश्चात वडाबाट भत्ता वितरण गर्न सम्भव भएकाे हाे।’

उहाँले यसअघि बैंकबाट लाभग्राहीहरू भत्ता लिएर आउँदा धेरै दु:ख पाएकाे देखेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘पहिला बैंकबाट लाभग्राहीहरू भत्ता लिएर जाँदा, मैले लठ्ठी टेकेर हिडेकाे देखे, जसले उनीहरू सानाे रकमकाे लागि दु:ख पाएकाे मैले महशुस गरेँ, अनि मैले यसकाे निराकरणकाे लागि सराेकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरेकाे हुँ, अनि मात्र अहिले वडाबाट भत्ता वितरण गर्ने काम सुरू भएकाे हाे।’

उहाँले वडाबाट अहिले ४ सय ४९ जना लाभग्राहीले भत्ता बुझिरहेकाे बताउनु भयाे ।

उहाँले अब वृद्ध अवस्थाका लाभग्राही आमा, बुवा, एकल महिला, अपाङ्ग र बालिकाहरुले सहज रुपमा त्रैमाशिक भत्ता लिन जोखिमपूर्ण बाटो लामो दुरिको पैदल यात्रा गर्न नपर्ने भएकोमा उहाँहरू खुसी देखिएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’ लाभग्राहीहरू निरन्तर कार्यन्वयन हुनेमा विश्वस्त हुनुहुन्छ। साथै त्रैमाशिक रुपमा वितरण हुने भत्ता बुझ्न आउँदा स्वास्थ शिविरमार्फत स्वस्थ परिक्षण अनिवार्य गरिएकाे छ।’

Facebook Comments Box

Share Icon