सभापोखरी गाउँपालिका वडा नम्बर १ बाट तीन जनाकाे नाम भूमीहिन दलित तथा भूमिहिन सुकुम्बासीमा सिफरिस
काठमाडाैं । संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले तीन जनाको नाम भूमीहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा सिफारिस गरेको छ ।
वडा अध्यक्ष इश्वर पुलामी मगरले तीन जनाको नाम भूमीहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा सिफारिस भएकाे पुष्टि गर्नुभयाे ।
उहाँका अनुसार भूमिहीन दलितबाट धन बहादुर बिश्वकर्मा, भूमिहिन सुकुम्बासीबाट धन माया मगर र धन बहादुर मगरकाे सिफारिस भएकाे छ ।
वडा नम्बर १ मा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको पहिचान गरी गाउँपालिकामार्फत सिफारिसको लागि भूमि आयोगको कार्यालय खाँदबारीमा पठाइएको उहाँले बताउनु भयाे ।
Facebook Comments Box







