Share Icon

७ बैशाख, काठमाडाैं ।  लम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो।

गढवा गाउँपालिकामा वडा नं। २ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भक्तु चौधरी।

यस वडाका जनप्रतिनिधि भक्तु चौधरी गढवा गाउँपालिकामा २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।

गढवा गाउँपालिकामास्थित वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भक्तु चौधरी।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन्।

यसअघिको कार्यकालमा भएको विकासका कारण जनताले यसपालि पनि चौधरीलाई जिताएका हुन्। पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेको छ।

उहाले भन्नुभयो, ‘बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू अगगाडी बढाएका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको जानकारी दिनुभयो। उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।

गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष चौधरीले भन्नुभयो, ‘बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो। जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन। जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु। मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन। वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon