Share Icon

३ फगुन, काठमाडाैं ।  लुम्बिनी प्रदेश अन्तर्गत  जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि। सं। २०७३ साल फाल्गुण २७ मा भएको हो। ठाकुरबाबा नगरपालिकालाई प्रशासनिक रुपमा ९ वटा वडामा विभाजन गरिएको छ ।

बर्दिया जिल्लामा पर्ने यो ठाकुरबाबा नगरपालिकास्थित वडा नम्बर ७ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष कलम बहादुर विष्ट ।

बर्दिया जिल्लामा गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा ठाकुरबाबा नगरपालिका रहेको छ । यस नगरपालिका विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।

यस वडाका जनप्रतिनिधि कलम बहादुर विष्ट बि.सं. २०७९ को स्थानीय निर्बाचनबाट वडा नम्बर ७ मा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो वडा अध्यक्ष विष्टले वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ७ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष विष्टले बताउनुभयो।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष  कलम बहादुर विष्टलले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

७ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना बनाएर अगाडी विकास गर्दै लगिने वडा नम्बर ७ का अध्यक्ष विष्टलले बताउनुभयो।

यस अघिको कार्यकालमा पनि वडा सदस्य रहनुभएका बिष्टलले वडाका गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ। बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष बिष्टले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ । मेरा वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको साथै पहिले पनि वडा सदस्यमा रहेर काम गरेको हुनाले मेरो वडाको समस्या नजिक देखि देखेको र बुुझेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष बिष्टले भन्नुभयो, शिक्षामा हामी निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका साथै सबै विद्यालयलाई समेटेर सरोकारसंग बसेर छलफल गरिरहेको बताउनुभयो ।

 निरन्तर गुणस्तर शिक्षा दिन र शिक्षामा रहेका समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष बिष्टले वताउनुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन 

Facebook Comments Box

Share Icon