Share Icon

♥हस्ता विष्ट
१९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चित्र बहादुर दनाई स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा चित्र बहादुर दनाई ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष दनाई अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष दनाई भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष दनाईले बताउनुभयोे ।

वडा अध्यक्ष दनाईले भन्नुभयो, ” वडामा रहेको बाटोलाई पहिलो प्राथमिकता दिदै कुनै बाटो स्तउन्नति गर्दै ग्राभेल गर्ने, गोरेटो बाटो बनाउने, कुनै बाटो सिढी बाटो , अर्थिङ बाटो र मोटर बाटोहरुको बनाउने कामहरु सम्पन्न भएको छ । ”

स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा सेवारहत स्वयमसेवकहरुलाई प्रोत्साहन बावत बजेट विनियोजन गरेको वडा अध्यक्ष दानईले बताउनुभयो ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्न वडामा रहेका दुई वटा सामुदायिक विद्यालयमा पिउँने पानीको फिल्टरको व्यवस्था गरेको, विपन्न वर्गका विद्यार्थीहरुलाई कोचिङ कक्षाको व्यवस्था र अनाथ बालबालिकाहरुलाई प्रोत्साहन गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ” कृषिलाई व्यवसायमय बनाउनको एक घर एक टनेलको व्यवस्था गरेर कृषिको लागि कृषि पकेट बनाउने योजनामा रहेको छ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो । खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि वडाबाट बृहत रुपमा काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon