शिक्षा,कृषि, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छाैं : वडा अध्यक्ष जी .सी

Share Icon

२७ बैशाख ,काठमाडाैं ।    स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग। कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले कृषि तथा समाज सेवामा आवद्ध रहनुभएका सुरज जी.एम पहिलो कार्यकालमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा उत्साहजनक काम गर्दै हुनुहुन्छ ।

युवा जनप्रतिनधि भएकै कारणले पनि यस वडामा विकास निर्माणका गतिबिधिको चलहपहल अन्य वडाको तुलनामा बढि हुुने गरेको छ ।

वडा अध्यक्ष जी.सी.ले भन्नुभयो, ‘चालु आर्थिक वर्षको बजेटबाट ९० प्रतिशत वडाका गतिबिधि गरेर सकेको साथै १० प्रतिशत वडाका विकास निर्माणका गतिबिधि पनि सबै गरेर सक्ने तयारीमा रहेका छौ ।’

वडा अध्यक्ष जी .सी.ले थप्दै भन्नुभयो , ‘वडामा पारिवारिक वातावरण सिर्जना गरेको छौ । मैले गरेका प्रतिबद्धता अनुसार काम गरिरहेको छु । सहि ढङले इमान्दारीदाका साथ काम गरको छुे सबैकोे साथ र समर्थन पाएको छु स्थानियहरु संग हातेमालो गरेर अगाडी बढिरहेको छौ। वडाबासीले साथ र सहयोग गनुभएको छ।’

वडामा  शिक्षा कृषि, स्वास्थ्यलाई प्राथमिकताका साथ राखेर काम गरिरहेको कुरा वडा अध्यक्ष जी .सीले उल्लेख गर्नुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.