Share Icon

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय आफूहरूले पाउनु पर्ने दाबी गरेको छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित चार मन्त्रालयमा दाबी गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार सरकारमा सहभागी हुनको लागि राप्रपाले अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ ।

यही पुस २६ गते संसदबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक/दुई दिनभित्र मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद् छन् । प्रदेशहरूमा पनि राप्रपाका सांसद् छन् ।

Facebook Comments Box

Share Icon