किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी
११ पाैष,काठमाडौं। दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा अब विकासले फड्को मार्ने देखिएको छ । वडाबसीको माग र आवश्यक्तालाई लक्षित गरि विभिन्न योजनाहरु ल्याइएको वडा अध्यक्ष सुकलाल चौधरीले जानकारी दिनुभयो। वडा अध्यक्ष चौेधरीले वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाएको बताउनुभयो। वडामा किसान र महिलाहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वडामा राष्ट्रिय परिचय पत्र बनाउने शन्र्दभमा योजनाका कामहरु अघि बढाउन ढिला भएको र अब चाँडै बैठक बसेर छलफलका साथ योजनाका कामहरु तिव्र रुपमा अघि बढाउने छौ।” उहाँले वडामा रहेका सबै जनतालाई एकसाथ समेटेर अघि बढ्ने जानकारी दिनुभएको छ। उहाँले दलित…
