किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी

Share Icon

११ पाैष,काठमाडौं।  दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा अब विकासले फड्को मार्ने देखिएको छ । वडाबसीको माग र आवश्यक्तालाई लक्षित गरि विभिन्न योजनाहरु ल्याइएको वडा अध्यक्ष सुकलाल चौधरीले जानकारी दिनुभयो।

वडा अध्यक्ष चौेधरीले वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाएको बताउनुभयो। वडामा किसान र महिलाहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “वडामा राष्ट्रिय परिचय पत्र बनाउने शन्र्दभमा  योजनाका कामहरु अघि बढाउन ढिला भएको र अब चाँडै बैठक बसेर छलफलका साथ योजनाका कामहरु तिव्र रुपमा अघि बढाउने छौ।”

उहाँले वडामा रहेका सबै जनतालाई एकसाथ समेटेर अघि बढ्ने जानकारी दिनुभएको छ। उहाँले दलित तथा जनजातीको लागि समावेश हुने तरीकाले योजना बनाइएको बताउनुभयो। शिक्षा स्वास्थ्यको हकमा स्वास्थ्य भवन सम्पन्न भईसकेको र वित्तीय कामहरु अघि बढाइसकेको जानकारी दिनुभएको छ।

त्यसैगरी उहाँले सिप मुलक तालीमहरु केही सम्पन्न भएको र केही बाँकी रहेको तालीम तथा कार्यक्रम पनि तुरुन्त अगाडी बढाउने बताउनुभयो।

युवा र खेलकुदको क्षेत्रमा के कस्ता योजना ल्याउनुभएको छ? भन्ने वडा खबरले गरेको प्रश्नको जवाफ दिँदै अध्यक्ष चौधरीले युवाहरुको लागि रोजगार र खेलकुदको बारेमा वडामा बैठक बसेर छलफल भइरहेको भन्दै केही दिनमै निष्कर्ष निकालेर योजनाका साथ अघि बढ्ने जानकारी दिनुभयो।वडा अध्यक्ष चौेधरीले संस्कृतिको संरक्षणको लागि पनि वडाले विभिन्न कामहरु गरेको जानकारी दिनुभयो।

उहाँ भन्नुहुन्छ, “वडामा रहेका विभिन्न जातजाती सम्बन्धी सांस्कृतीक कार्यक्रम केही सम्पन्न भएको र केही बाँकी रहेका कार्यक्रम पनि चाँडै सम्पन्न गर्ने छौँ।”

पाँच वर्षे कार्यकालको लक्ष्य कस्तो लिनुभएको छ ? भन्ने पश्नको जवाफ दिँदै अध्यक्ष चौधरीले आफ्नो कार्यकाल भित्र वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर दिगो विकासका कामहरु गर्दै वडाबासीलाई लक्षीत गरेर तालीम तथा कार्यक्रमहरु सम्पन्न गर्ने योजनाका साथ वडाबासीहरुको समस्याहरु समाधान गर्दै आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको बताउनुभयो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.