Share Icon

 २५ माघ, काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दिपक पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा बाटोलाई पहिलो प्राथमिकता दिदैे बाटोको स्तरउन्नति गर्दै ग्राभेल गरेर, ढलान गरेर बारै महिना गाडि मोटरहरु चल्ने बाटो बनाउने योजनामा रहेको उहाँले बताउनुभयो । ”

शिक्षाको क्षेत्रमा वडाको पहलबाट शैक्षिक स्तर वृद्धि गर्नको लागि बेला बेलामा विद्यालय गएर अनुगमन गर्ने, शिक्षकहरुलाई तालिम दिने, अभिभावकलाई उत्प्रेरित गराउने कार्यक्रमहरु सञ्चालन गर्ने, आवश्यकता परेको भौतिक पुर्वाधारमा सहयोग गर्ने कामहरु गरिरहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

त्यस्तै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा पुराउनको लागि सम्बन्धीत निकाय गोरखा र लमजुङमा योजनाहरु पठाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” स्वास्थ्यको लागि वडामा रहेका गरिब तथा पिछडिएका वर्गहरुलाई मध्यनजर गर्दै सामान्य रकमले उपचार गर्न कुनै बाधा नआहोस भन्नको लागि सानो सानो रकमको निशुल्क स्वास्थ्य बिमा अनिर्वाय गर्ने योजनामा राखेको छौ । ”

कृषिको क्षेत्रमा अनुदान दिएर कृषिलाई व्यावसायमुखिकरण बनाउनको लागि कृषकलाई प्रोत्सान गरेर कृषि प्राविधिकलाई निशुल्क खटाएर व्यावसायिक रुपमा कृषि गर्नेलाई विशेष जोड दिने योजनामा राखेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँ यस भन्दा पहिले माईका्रे फाईनानसमा कार्यकारी प्रमुखको पदमा रहेर काम गर्नुभएको थियो, अहिले पनि व्यावसायमा आबद्ध रहेर वडाको कार्यभार समाल्दै निरन्तर वडाबासीहरुको सेवा गरिरहनुभएको छ ।

वडालाई नमुना वडा बनाउनको लागि वडा अध्यक्ष पाण्डे अहोरात्र खटिरहनुभएको छ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

 वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon