Share Icon

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष यम ब. रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

गोरखा जिल्लाको  शहिदलखन गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष यम ब. रानामगर ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

वडामा रहेको बाटोको स्तरउन्नती गर्दै ग्राभेल गर्ने कामहरु भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै गरी टोलटोलमा सामुदायिक भवनको निमार्ण गरिरएको छ । टोल टोलमा खेलकुद मैदान निमार्ण गरिएको वडा अध्यक्ष रानामगर प्रष्ट पार्नुभयो ।
खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।

शिक्षाको लागि तिन वटा विद्यालयमा एउटा विद्यालयलाई बाल उद्योम स्थापना गर्ने र दुईवटा विद्यालयमा खेल मैदान निमार्ण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

कृषिलाई जोड दिदै उत्कृष्ट कृषक समुहलाई प्रोत्साहन बापत बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । त्यस्तै महिलाहरुको सिपमुलक तालिमहरु सिलाई कटाई तालिमको सञ्चालन गरेको र उद्योमशिल्ता तालिमहरु सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

 वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon