Share Icon

५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा शम्भु गुरुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित २ नम्बर वडाले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

अध्यक्ष गुरुङले स्थानीय तहको निर्वाचन पश्चात वडामा अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरुलाई निरन्तरता दिदैँ वडाबासीहरुको सहजताका लागी वडा नम्बर २ मा भएका नाकाहरु खोल्दै अघि बढीरहनु भएको छ ।

त्यसैगरी उहाँले वडामा रहेको पर्यटक स्थल सिद्धलेक ढेवा डाँडामा आउने पर्यटकहरुलाई सहज हुनेगरी आउने जाने बाटो फरक फरक निर्माण गरेको बताउनुभयो ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा खानेपानीलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल गर्ने र कालोपत्रे गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ डि.पि.आर. गर्ने कामहरु भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका किसानहरुलाई तिन दिने कृषि भ्रमण कार्यक्रम सम्पन्न गरेसँगै विउवीजन वितरणका लागी बजेट विनीयोजन गरेका छौँ ।”

वडामा रहेका एकल महिला तथा दलितहरुका लागि बाख्रा तथा बङगुर वितरण गर्ने योजना रहेसँगै फर्महरु दर्ता गर्ने कामहरु भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै भौतिक संरचनाहरु मर्मत तथा निर्माण सँगै विद्यालयहरुमा शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

उहाँ निर्वाचित हुनु भन्दा अघि सामाजीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon